शुक्रबार, चैत्र १६, २०८०

नेपालबाट चिया निर्यातको अवस्था

नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरुमा चिया महत्वपूर्ण रहेको छ । खास गरी नेपालको पूर्वी भागमा ठूला ठूला चिया बगानमा व्यावसायिक रुपमा यसको खेती हुँदै आएको छ । विश्वका विभिन्न देशहरुमा यसको निर्यात हुने गरेको तथ्यांकले देखाउँछ । चियाको निर्यात विगत वर्षहरु देखि हुँदै आएको भए तापनि यस लेखमा गत आर्थिक वर्ष २०७३।७४ मा मूल्यका हिसावले प्रमुख निर्यात भएका देशहरु र निर्यात मूल्य तथा निर्यात हुने चियाको रुप  वा अवस्थालार्इ प्रस्तुत गरिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष रु. २ अर्ब ५३ करोड ३९ लाख मूल्यको चिया निर्यात भएको थियो । चियाको निर्यात सबैभन्दा बढी भारतमा भएको थियो । जसको मूल्य रु. २ अर्ब २६ करोड ३१ लाख -कुल चिया निर्यातको ८९.३ प्रतिशत_ थियो । दोश्रोमा जर्मनी ८ करोड १६ लाख  -३.२ प्रतिशत_ तेश्रोमा चेक रिपब्लिक मा ५ करोड ६२ लाख -२.२ प्रतिशत_ चौथोमा संघीय रुस ४ करोड २८ लाख -१.७ प्रतिशत_ पाँचौंमा संयुक्त राज्य अमेरिका १ करोड ८० लाख -०.७ प्रतिशत_ छैठौंमा जापान १ करोड ७० लाख -०.७ प्रतिशत_ सातौंमा फ्रान्स १ करोड ३३ लाख -०.५ प्रतिशत_ आठौंमा चीन १ करोड १२ लाख -०.४ प्रतिशत_  नवौंमा क्यानाडा ७९ लाख -०.३ प्रतिशत_ तथा दसौंमा पाकिस्तान ३४ लाख -०.१ प्रतिशत_ मूल्यको निर्यात भयो । यी दस देशहरुमा जम्मा मूल्य रु. २ अर्ब ५१ करोड ४६ लाख -कुल चिया निर्यातको ९९.२४ प्रतिशत_ बराबरको चिया निर्यात भएको थियो ।

यसैगरी निर्यात हुने चियाको रुप वा अवस्था अनुसार विश्लेषण गर्दा सबैभन्दा बढी फर्मेन्टेड वा आंशिक फर्मेन्टेड ब्ल्याक टी -३ के जी वा सो भन्दा बढी वजन सबै_ रुपको चियाको अंश सबैभन्दा बढी रहेको र यसको निर्यात मूल्य रु. २ अर्ब ४३ करोड ३४ लाख -कुल चिया निर्यातको ९६.०३ प्रतिशत_ रहेको थियो ।

यस्तै दोश्रो निर्यात हुने चिया ग्रीन टीको निर्यात मूल्य रु. ५ करोड ७८ लाख -कुल चिया निर्यातको २.२८ प्रतिशत_ रहेको थियो । तेश्रोमा फर्मेन्टेड वा आंशिक फर्मेन्टेड ब्ल्याक टी -३ के जी भन्दा कम वजन_ रु. ३ करोडको -कुल चिया निर्यातको १.१९ प्रतिशत_ निर्यात भयो भने चौथो रुप ग्रीन टी -३ के जी भन्दा कम वजन_ को निर्यात मूल्य रु. १ करोड २५ लाख -कुल चिया निर्यातमा ०.४९ प्रतिशत_ को निर्यात भयो ।

फर्मेन्टेड वा आंशिक फर्मेन्टेड ब्ल्याक टी -३ के जी वा सो भन्दा बढी वजन सबै_ को सबैभन्दा बढी निकासी हुने देश भारत हो जहाँ गत वर्ष रु. २ अर्ब २३ करोड ६४ लाख को चिया निर्यात भयो । यही रुपको चिया निकासी भएका प्रमुख देशहरु जर्मनी -रु. ५ करोड ८८ लाख _ चेक रिपब्लिक -रु. ५ करोड ६ लाख_ संघीय रुस -रु. २ करोड ७६ लाख _ जापान -रु. १ करोड ३९ लाख_ संयुक्त राज्य अमेरिका -रु. १ करोड ३५ लाख_ तथा चीन -रु. ८७ लाख _ थिए । यसै गरी ग्रीन टी निर्यात भएका प्रमुख देशहरु जापान -रु. १ करोड ९१ लाख_ भारत -रु. १ करोड ९१ लाख_ थिए । फर्मेन्टेड वा आंशिक फर्मेन्टेड ब्ल्याक टी -३ के जी भन्दा कम वजन_ रुपको चिया निर्यात भएको प्रमुख देश सघीय रुस थियो । तालिकामा देखाइए बाहेक केही लाखको मूल्यमा निकासी हुने देशहरु अरु धेरै सख्यामा छन् ।

अर्को तर्फ नेपालमा गत वर्ष रु. ९ करोड ७ लाख मूल्यको चिया आयात भएको थियो । निर्यातको ठूलो मूल्यको तुलनामा यो रकम खास केही होइन भन्नु पर्दछ । तसर्थ देशको समग्र वैदशिक व्यापारमा आयातको तुलनामा निर्यात निकै कम भएको हालको अवस्थामा यस प्रकारको चियाको निर्यात उत्साहजनक छ । यस्तो अवस्थामा सरकारले चिया उत्पादक तथा निर्यातकर्ताहरुलार्इ थप प्रोत्साहन गर्नु पर्दछ । साथै व्यावसायिक कृषी तथा कृषीजन्य उत्पादनहरुको निर्यातमा उत्प्रेरणा जगाउनु पर्दछ । अब देश खास गरी कृषी क्षेत्रमा आत्मनिर्भरता तिर लाग्नु जरुरी भैसकेको छ ।– राम वाग्ले

 

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५