बिहिबार, बैशाख १३, २०८१

धुर्मुसको नाममा पनि आउला प्याक्टको विज्ञप्ति ?

काठमाडौं, मंसिर । व्यवसायिक कृषि तथा व्यापार आयोजना किसानका लागि भन्दा पनि नाम चलाएर कृषि व्यवसाय गरे जस्तो गर्नेहरुको लागि हो  भन्ने कुरा आयोजनामा परियोजना पार्ने व्यक्तिहरुबाट नै प्रष्ट भएको छ । ggan durmusअहिले गगन थापाको चर्चा चलिरहँदा उनका पक्षमा प्याक्टले हजारौ सरकारी रकम खर्चेर रकम नलिएको पुष्टि गर्न खोजिरहेको छ । सञ्चार माध्यममा समाचार आएकै कारण सरकारी निकायले व्यक्तिका लागि सरकारी रकम खर्चेर विज्ञप्ति निकाल्न मिल्छ । आयोजना प्रमुख गोविन्दप्रसाद शर्माले विज्ञप्तिको रकम आयोजनाबाट नै भुक्तानी गर्न पाउँछन् ? यदि उनले गगनका पक्षमा निकालिएको विज्ञप्तिको भुक्तानी प्याक्ट आयोजनाबाट गरे भने त्यो अख्तियारी दुरुपयोग गरिएको हुने छ ।
यसै प्रसंगमा अहिले गगनसँगै अनुदान लिन प्रस्ताव स्वीकृत गरेर काम नगर्ने व्यक्ति हाँस्य कलाकार सीताराम कट्टेल पनि हुन् । सीताराम कट्टेलले पनि प्याक्ट आयोजनाबाट रकम लिएर बंगुर पालन गर्ने भन्दै लाखौं रुपैयाँ लिएका छन् तर उनले प्याक्टबाट रकम लिईसकेपछि बंगुर पालन पाल्न छाडेका छन् । धुर्मुसले प्याक्टबाट लिएको रकम दुरुपयोग भएको छ । यदि दुरुपयोग भएको छैन भन्ने हो भने प्याक्ट आयोजनाले धुर्मुस अर्थात सिताराम कट्टेलको बंगुर फार्म कहाँ छ खोज्नु पर्दछ । नत्र व्यवसायिक कृषि तथा व्यापार आयोजनाका आयोजना निर्देशक गोविन्द शर्माले फेरि अर्को विज्ञप्ति निकाल्नु पर्ने देखिन्छ । गगनको विज्ञप्ति आउने धुर्मुसको किन नआउने ?

प्रकाशित मिति: बिहिबार, मंसिर ७, २०७४