बिहिबार, चैत्र १५, २०८०

धान सुरक्षा भनेको नै खाद्य सुरक्षा हो

bhola man sing basnet
धान विज्ञ – भोलामान सिंह बस्नेत

० राष्ट्रिय धान दिवस खासै प्रभावकारी भएन भन्छन् नि ?
नेपालमा धान दिवस मनाउने एउटा सूत्रधार म पनि हो । विगत १४ वर्षदेखि सरकारी तवरबाट राष्ट्रिय धान दिवस मनाउने क्रम जारी छ । कृषि विकास मन्त्रालय, नार्क, कृषि विभाग सवै मिलेर मनाउंदै आएको दिवस हो यो । अझ भन्नु पर्दा यो धान दिवस मात्र नभएर रोपाइँ महोत्सव पनि हो । यस वर्षको धान दिवस प्रभावकारी भएन भन्ने कुरा म स्वीकार गर्दिन किन भने हरेक वर्ष यसैगरी मनाउंदै आईरहेका छौं । अव प्रमुख अतिथि मन्त्रीनै भएर मात्र प्रभावकारी हुने भन्ने कुरा हो भने फरक कुरा हो । अन्यथा धान दिवस प्रभावकारी भएको छ । किसानहरु देशभरी नै उत्साहित भएको देख्न सकिन्छ । प्रत्येक बर्ष नारा धान दिवसको नारा फरक फरक राख्ने गरिन्छ । यस वर्षको नारा भने ‘दुई बाली धान खेतीको विकास आर्थिक समृद्धिको आधार’ रहेको थियो । यसपालि भक्तपुरको झौखेलमा सरकारी तवरबाट धान दिवस मनाएको हो । जहाँ हजारौ किसानहरु जम्मा भएका थिए । त्यसलाई कसरी प्रभावकारी भएन भन्ने ।
० धान दिवस वा रोपाइँ महोत्सव भन्दा पनि आम नेपालीहरुले त दही चिउरा खाने दिनका रुपमा चिन्छन् नि ?
ठिक भन्नु हो यो असार १५ भन्या दहि चिउरा खाने हाम्रो परम्परा र साँस्कृतिक चाडपर्व पनि हो । त्यसमाथि पनि यो दिनलाई अन्तर्राष्ट्रिय धान दिवसका रुपमा संयुक्त राष्ट्र संघले घोषणा गरे पश्चात त्यसले धान दिवसमा रुपमा निरन्तरता पाएको हो । नेपालमा विगत १४ वर्षदेखि निरन्तरता दिई रहेका छौ । संयुक्त राष्ट्र संघले घोषणा गरे पनि विश्व अरु देशले यसलाई निरन्तरता दिएका छैनन् । ा तर हामीले अन्तराष्ट्रिय धान वर्षलाई हामीले निरन्तरता दिएका छौं । यस्ता दिवस आउने जाने गर्दछ अनि यो त कर्म काण्ड भयो भनेर बेला बेलामा बहस पनि हुने गरेको छ । तर यसले जनचेतना जगाउने काम पनि गरेको छ । धान दिवस नमनाउने हो भने नयाँ पुस्ताले थाहा नै पाउंदैनन् भन्दा पनि फरक पर्दैन । खास गरी असार १५ गते राष्ट्रिय धान दिवस मनाउनु ठिक एक दिन अगाडि पुर्व त्यो वर्ष भरिमा र गत वर्षमा धानका विषयमा के काम भए । कुन कुन धानका जातहरु विकास भए, खेती गर्नका लागि कस्ता प्रविधिहरु भित्रिए भन्ने कुराको जानकारी दिनु पर्ने थियो । त्यसमा केही कमी कमजोरी भएका होलान् । त्यसलाई सकारात्मक रुपमा नै लिनु पर्दछ ।
० बिगत १४ वर्षदेखि राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईरहेका छौँ तर नेपालको धान उत्पादन हरेक बर्ष घट्दो छ किन होला ?
यसलाई विश्लेषण गरेर हेर्नु आवश्यक छ । हरेक वर्ष निरन्तर घट्दो छ भनेर भन्न मिल्दैन । किनकी धान कुनै वर्ष घटेको छ कुनै वर्ष बढेको छ । अहिलेको तथ्यांक हेर्ने होभने यो वर्ष अत्यधिक धान उत्पादन भएको छ । चालु आर्थिक वर्षको तथ्यांकलाई भन्ने हो भने नेपालमा करीव १५लाख ५२ हजार हेक्टर क्षेत्रफलमा जमीनमा धान खेती भएको थियो । जसबाट हामीले ५२ लाख ३० हजार मेट्रिक टनमा उत्पादन भएको छ । ५२ लाख ३० हजार मेट्रिक टन भनेको आर्थिक रुपले १ खर्व ४ अर्व रुपैयाँ बराबरको हो । यो ऐतिहासिक उत्पादन हो । विगत पचास साठी वर्षलाई हामील्े समिक्षा ग¥यौं भने धेरै नै उत्पादन हामीले यो वर्ष लिएका छौं ।
यति धेरै धान उत्पादन भईरहेको छ । तर नेपालमा विगत दश महिनाको समिक्षा गर्ने हो भने करीव १८ अर्वको चामल आयात भईरहेको छ । सन् २००७÷२००८ मा विश्वमा खाद्य संकट भएको त्यसबेला हामीले धान आयात गर्ने भनेको भारतबाट हो । त्यसबेला भारतले सर्वसाधारणले प्रयोग गर्ने मोटो चामल, वास्मती मसिनो, मसिनो चामल समेत निर्यातमा प्रतिवन्ध लगाईदिएको थियो । भारतबाट अरु कुनै देशमा पनि चामल निर्यात गर्न रोक्यो । त्यसबेलादेखि नै मैले एउटा विषय उठान गर्दै आईरहेको छु । हामीले भारत जस्ता छिमेकी देशबाट पनि धान आयात गर्न नसक्ने र आफै पनि आत्मनिर्भर हुन नसक्ने हो भने मुलुकलाई धेरै नै अप्ठ्यारो परिस्थिति आउंछ । त्यसकारण अर्को कुरा म के पनि भन्छु भने हामीले देशमा एउटा उच्चस्तरीय राष्ट्रिय खाद्य सुरक्षा मिसन बनाउनु पर्दछ । त्यो मिसनमा सरोकारवाला सवैलाई राख्नु अनिवार्य छ । त्यसका लागि विज्ञहरुलाई प्रयोग गरौं ।
० विज्ञहरुको पनि अभाव छ भन्छन् कसरी खोज्ने विज्ञहरु ?
एकदमै महत्वपूर्ण कुरा उठान गर्नु भो । अहिले विज्ञ भन्दै जसलाई पनि राख्ने प्रचलन बढेको छ । त्यो सरासर गलत हो । को विज्ञ हा,े वा को ? के को ? विज्ञ भन्ने कुराको मापदण्ड छुट्याउनु पर्दछ । मेरो विज्ञको परिभाषा अलि फरक छ । विज्ञ मान्छे भनेको वैज्ञानिक प्राविधिक हो । जसले पढेर र गरेर फिल्डमा गएर उसले आफ्नो क्षमता देखाएको हुनु प¥यो । धानमा छ भने धान, गहुँको विज्ञ भए गहुँ मै तरकारी वा मकै माछा जे मा भएपनि हुनु पर्दछ । यसका लागि कृषि विकास मन्त्रालयलाई के सुझाव दिन चाहन्छु भने विज्ञहरुको सूचि बनाएर राख्नु पर्दछ । योजना बनाउने बेलामा नीति बनाउने बेलामा त्यस्ता विज्ञहरुको सहयोग लिन सकिन्छ । जस्तै अवकाश प्राप्त कर्मचारीहरु जसले आफ्नो क्षेत्रमा योगदान पु¥याएका हुन्छन् । त्यसकारण हामीले खाद्य सुरक्षका दृष्टिकोणले पनि धानलाई महत्व दिनु आवश्यक छ । धान सुरक्षा भनेको नै खाद्य सुरक्षा हो ।
० धान भनेको खाद्य सुरक्षा हो भन्नु हुन्छ तर सरकारले ध्यान दिएको देखिंदैन नि त ?
विगतदेखि नै मैले भन्दै आईरहेको छु धानमा मुलुकलाई आत्मनिर्भर बनाउनु पर्दछ भन्ने कुरा । विगतको अवस्थालाई हेर्ने हो भने सरकारले चासो नदिएको पनि हो तर अहिले सरकारले सुन्न थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धानको सुपरजोनका रुपमा झापा जिल्लालाई लिएको छ । झापा जिल्लामा उत्पादन भएको धान अरु २२ जिल्लाको भन्दा बढी हुन्छ । त्यस्तै चैते धान उत्पादन कार्यक्र ल्याएको छ । मसिनो र वास्नादार धान उत्पादन कार्यक्रम सरकारले ल्याएको छ । विगत दुई वर्षको कृषिका कार्यक्रम हेर्ने हो सरकारले धानलाई प्राथमिकता दिएको देखिन्छ ।
० सरकारले एकातिर धान उत्पादन बृद्धि गर्नु पर्दछ भनेको छ अर्कोतिर धानबाट फाइदा भएन माछापालन गर भन्छ यसलाई कसरी बुझ्ने ?
मैले धान धान भनिरहेको छु । सरकारले गरेका कामले कहिले कांही त्यस्तो लाग्छ पनि तर राष्ट्रिय बाली वा बस्तुलाई राज्यले प्राथमिकता दिनु पर्दछ । त्यसले देशको आर्थिक बृद्धिदर बढाउँछ । धान धेरै उत्पादन बृद्धि भयो भने देशको आर्थिक बृद्धिदर माथि पुग्छ । धान उत्पादन भएन भने आर्थिक बृद्धिदर पनि घट्छ । यस पटकको धान उत्पादनले गर्दा हाम्रो देशको आर्थिक बृद्धिदर ७ प्रतिशत भन्दा माथि जान्छ भनेर सरकारले भनिसकेको अवस्था छ । त्यसैले धानले देशलाई धेरै चिज दियो तर देशलाई धानलाई केही पनि दिए । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: शनिबार, असार २४, २०७४