इनरुवा, ९ पुस। सुनसरीका सीमावर्ती तथा दक्षिणवर्ती क्षेत्रका किसानले तोरी खेतीको संरक्षणतर्फ अग्रसरता देखाएका छन् । जिल्लामा केही वर्षयता लोपोन्मुख अवस्थामा पुगेको तोरी बाली संरक्षणका लागि दक्षिणवर्ती क्षेत्रका किसान सक्रिय भएका हुन् ।
आफ्नो खेतबारीमा तोरी उत्पादन नहुँदा तोरीको अशुद्ध तेल खान बाध्य रहेका किसानले आफ्नै सक्रियतामा तोरी संरक्षण्मा जुटेको स्थानीय सुरज चौधरीले जानकारी दिए ।
दक्षिण क्षेत्रको हरीनगरा, देवानगञ्ज, बर्जू, गढी, भोक्राहा लगायतका गाउँपलिकाका ग्रामीण क्षेत्रका किसानले तोरी संरक्षणका लागि एक कट्ठादेखि एक बिघासम्म तोरी खेती लगाएका छन् । यता इनरुवा सहितका उत्तर क्षेत्रका किसानले गहँु बालीमासमेत केही मात्रामा तोरी छरेर गहुँसँगै तोरी खेती लगाएको बताइएको जिल्ला कृषि विकास कार्यालय, सुनसरीले जनाएको छ ।
Add Comment