शुक्रबार, चैत्र १६, २०८०

तरकारी बजारहरुवीच प्रतिष्पर्धा हुनै पर्दछ

photo
टिकाराम शर्मा

कार्यकारी निर्देशक कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति

० विषादी परीक्षण सञ्चालन पश्चात कालिमाटी तरकारी बजारको अवस्था के छ  ?
कालिमाटी तरकारी बजारमा बिषादी परीक्षण गर्न शुरु गरिएका केही दिन व्यापारीहरु त्रसित भएका थिए । व्यापारमा कमी आउने हो कि भनेर डराएका थिए । तर त्यतिबेला हामीले जनचेतना जगाउने खालका कार्यक्रमहरु गरेका थियौं । अन्य बिभिन्न निकायबाट पनि जनचेतनाको कार्यक्रम गरिएको हुँदा किसानले पनि तरकारीमा विषादी कम हालेर ल्याउने गर्न थालेका छन् । विषादी परिक्षण गर्न थालेको ६ ÷७ महिना भयो परिक्षण गर्न थालेको सुरुका केही दिन बाहेक अहिलेसम्मको तथ्यांकमा त्यस्तो भेटिएको छैन । नमुना हामीले नियमित परीक्षण गर्दा समेत हामीले विषादीको मात्रा भेटेका छैनौं ।
० तर कालिमाटी तरकारी वजारमा व्यापारीहरुको सिन्डिकेट छ भन्ने सुनिन्छ नि ?
यातायातमा जस्तो सिन्डिकेटनै चाही छैन तर के भने किसानसंग प्रत्यक्ष फोन सम्पर्क हुन्छ र त्यहाँको एक जना मुख्य व्यवसायीले सवै तरकारी जम्मा गरेर ल्याउनु हुन्छ । जसले तरकारी ल्याउँछ उसैले नै पैसालगेर जाने गरेका छन् कोही कोही धेरै सामान हुने किसान आफै आउने गर्छन । व्यापारी पनि ठुला र धेरै उत्पादन किसानले गरेका छन् भने व्यापारीले आफै गएर ल्याउने गरेका छन् ।
० जुनसुकै ठाउ“का किसानले पनि आफ्ना सामान सिधा ल्याउर बेच्न सक्नु हुन्छ त ?
यो एउटा राष्ट्रिय बजार हो यसमा कुनै खालको सिन्डिकेट भने पाईदैन किसानले आफूले उत्पादन गरेका कृषि उपज आफै ल्याएर बेच्न सक्नु हुन्छ ।
० कालिमाटी तरकारी वजारमा बिचौलियाको हाबी धेरै छ भन्ने पनि सुनिन्छ विचौलिया अन्त्य गर्न के गर्नु भएको छ ?
हाम्रो नीति नियम कार्यविधि, बोर्ड लगायत अरु जति पनि छन् सवै कालिमाटी तरकारी बजारमा विचौलियाको अन्त्य हुनु पर्दछ भनेर नै लागेका छौं । पहिले के थियो थाहा छैन तर अहिले विचौलियाहरुको प्रवेश नै छैन ।
० तपाईले यति भनिरहँदा पनि किसान र विक्री गर्ने व्यापारीको बिचमा बिचौलियाको चलखेलले गर्दा किसानले उचित मुल्य पाएनन् र उपभोक्ता पनि मारमा परे भन्छन् त ?
त्यसो होला जस्तो लाग्दैन । किन भने कालिमाटी बजारको मूल्य सूचि सँधै प्रशारण भईरहेको छ । बेवसाईटमा पनि राखेका छौं । त्यही अनुरुप हाम्रा रजिष्टर व्यापारीहरुसँग सम्पर्क गरेर विक्री गर्नु भयो भने किसानहरुले विचौलियाको समस्या भोग्नु पर्दैन । त्यसका लागि किसान र व्यवसायी दुवै चनाखो हुनु पर्दछ । किसान आफै सचेत हुनु प¥यो, सम्वन्धित व्यापारीसग जानकारी लिने र वेवसाइट हेर्ने गरेका बिचौलियाको समस्या आउदैन ।
० तरकारी बजारमा ठूलो आगलागि भयो त्यस पछि बजारको अवस्था के छ ?
आगलागी पछि पुर्ननिर्माणको काम सुरु हुदै छ व्यवसायिक कृषि तथा व्यापार आयोजनाको सहयोगमा सुरु भएको काम लगभग २५ प्रतिशत मात्र पूरा भएको छ । काम गर्ने समय अब लगभग १ बर्ष मात्र बाँकी छ निर्माणको काममा समस्या छ । बजार पूरै खाली गरेर निर्माण गर्न मिल्दैन बजार सञ्चालन गर्दै निर्माण कार्य गर्दा केही असहज स्थित भने भएको छ । निर्माण गर्नका लागि सहयोग व्यापार आयोजनाले गरे पनि नक्सा पास जाँच पास भने सहरी भवन निर्माण समितिले गरेको छ । आयोजनाले ठेकेदारलाई केही दवाव दिने हो भने मात्र काम छिटो हुने देखिन्छ । भवन निर्माणमा हामीले समन्वय मात्र गर्ने हो । हामीले ठेकेदारलाई काम अ¥याउन होईन १ बर्ष बित्दा २५ प्रतिशत मात्र काम बनेको आधारमा हामीले अलि काम छिटो होस भनेर मन्त्रालय मार्फत अनुरोध चाही गरेका छौं ।
० निर्माण सम्पन्न गर्न एक बर्षमात्र वाँकी छ काम २५ प्रतिशत मात्र भयो यही किसिमले काम तोकिएको समयमा सकिन्छ ?
काम सकिनु पर्ने थियो । केही समय ठेकेदारले मजदुर पाइएन भनेर ढिलो भयो । त्यसपछि फेरि रोडा बालुवाको समस्या आयो यस्तै यस्तै कारणले गर्दा काम ढिलो भईरहेको छ । अब काम सकिएला कि नसकिएला भन्ने विषयमा हामीले केही भन्न सक्दैनौं । तोकिएको समयमा काम सम्पन्न गर्ने कुरा सहयोग गर्ने आयोजनाले नै ठेकेदारलाई भन्नु पर्ने हुन्छ होला । ठेकेदार समितिसँग भन्दा पनि प्याक्टसँग सम्वन्धित भएकाले हामीले निर्माण उपसमितिको बैठकमा कुरा राख्ने मात्र हो ।
० काम ढिला हुनुमा रकम अभाव भन्दा पनि राजनीतिक हस्तक्षेपका कारण हो भन्छन् नि त ?
कालिमाटीको यो भवन निर्माणमा राजनीतिक हस्तक्षेप हुँदैन र भएको पनि छैन जस्तो लाग्छ । यो विशुद्ध ठेकेदारको कमी कमजोरीका कारण काममा ढिलाई भएको हो कि भन्ने बुझेको छु ।
० केही समय अगाडि कालिमाटी नजिकै निजी क्षेत्रबाट बल्खु तरकारी बजार सञ्चालनमा आएकोक छ । यी दुई बजार वीच प्रतिष्पर्धा छ रे नि हो ?
यस्ता बजारवीच प्रतिष्पर्धा हुनु पर्दछ । बल्खु तरकारी बजार जस्तै काठमाडौंमा अझ ६÷७ वटा तकरकारी बजार खुल्नु पर्दछ । त्यस्तो भएमा किसानले पनि बजार पाउने र उपभोक्ताले पनि चर्को मूल्य तिर्नबाट र ठगिनबाट बच्नु हुनेछ । त्यसकारण बजारमा प्रतिष्पर्धा भएको नै हुनुपर्दछ । कालिमाटी तरकारी बजार काठमाडौंमा जम्मा १५ लाख मान्छे भएको बेलामा स्थापना भएको बजार हो । अहिलेको स्थितिमा कालिमाटीले मात्र धान्न नसक्ने अवस्था सिर्जना भएकोमा यस्तो बजार सिर्जना हुनु धेरै राम्रो कुरा हो । यसबारेमा सरकारले पनि निकट भविष्यमा केही सोच्ला हामीले पनि बजार विकासको लागि पहल गरेका छौं । वल्खु बजारको व्यापारी र कालिमाटी तरकारी बजारको व्यापारीमा अलि फरक छ । यहा“को व्यापारीलाई कसरी गे्रडिङ्ग गर्ने र प्याकेजिङ्ग गर्ने लगायतका अन्य प्रक्रियाका बारेमा तालिम दिईरहेका छौं । त्यसैले त्यहाँको व्यापारी भन्दा यहाँको व्यापारी अलि व्यवस्थित छन् ।
० बजारीकरणको लागि सरकारले यो बजारको स्थापना गरेको हो तर किसान बजारीकरणमा त्यति सन्तुष्टि छैनन् त ?
यो बजार भनेको केन्द्रीय बजार हो गाउँबाट आउने सामान केन्द्रसम्म आईपुग्दा व्यवस्थित हुनु पर्छ । त्यस पछि बजारीकरणमा समस्या नआउला यसमा सरकारी तबरबाट नै सहयोग पु¥याउनु पर्ने हुन्छ ।
० त्यसो भए किसानलाई सहयोग पु¥याउन सक्नु हुन्छ ?
कृषि विकासका लागि जति सुकै परियोजना आए र उत्पादन बढाए पति किसानले उचित मुल्य नपाएको गुनासा सुनिन्छ त्यो हामीले पनि सुन्दै आएको हो । किसानहरुले उचित मूल्य पाउनको लागि बजार व्यवस्थापन हुनु पर्छ । पहिला बजार स्थापना हुदा १५ प्रतिशत नेपाली उत्पादन र ८५ प्रतिशत अन्य देशको उत्पादन नेपालमा भित्रने गर्दथ्यो ।
अहिले त्यसको ठिक उल्टो भएको छ अहिले ७५ प्रतिशत नेपाली उत्पादन कालिमाटी तरकारी बजारमा छ । नेपाली उत्पादन १५ प्रतिशतबाट ७५ प्रतिशत पुग्नु भनेको कालिमाटी बजार कै योगदान हो जस्तो भन्ने कुरा विर्षनु हुँदैन । बजारलाई व्यवस्थित बनाउने र किसानले उत्पादन गरेका कृषि उपजलाई विक्रीका लागि उचित स्थानको प्रवन्ध हामीले गर्ने हो त्यो गरिरहेका छौं र यसलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ । बजारलाई जिल्ला र गाउँसम्म कसरी जोड्न सकिन्छ भन्नेमा नै हामीलहरु लागिपरेका छौं । – कमला नेपाल

प्रकाशित मिति: सोमवार, पुस ७, २०७१