बिहिबार, बैशाख ६, २०८१

तरकारीमा पनि बढ्दै छ विचौलियाको सिन्डिकेट

काठमाडौं, वैशाख । सार्वजनिक यातायातमा सिण्डिकेटको चर्चा चलिरहेको बेला दैनिक उपभोग्य बस्तुका रुपमा रहेको तरकारीमा पनि सिण्डिकेट देखिएको छ । उपभोक्ता हकहित संरक्षण मञ्चले काभ्रे जिल्लाको पाँचखाल, बनेपा, पर्साको वीरगञ्ज, मकवनापुरको पालुङ्ग, काठमाडौंको कालीमाटी तरकारी बजारमा गरेको अध्ययनले तरकारीमा पनि सिण्डिकेट रहेको देखाएको छ ।
विचौलियाका कारण तरकारीमा बढ्दै गईरहेको मूल्य बृद्धिको प्रमुख कारण सिण्डिकेट रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसका कारण किसानले उचिन मूल्य नपाउने, उपभोक्ताहरुले चर्को मूल्यमा तरकारी खरिद गर्नु पर्ने समेत अध्ययनले देखाएको छ ।
तरकारी उत्पादनदेखि बजारीकरणसम्म विचौलियाहरुको दवदवाका कारण किानले प्रतिकिलो २० मा विक्री गर्ने तरकारी उपभोक्ताले ८५ रुपैयाँसम्ममा खरिद गर्नु परेको देखिएको छ ।
किसानसँग सस्तो रकममा खेतमा नै गएर उधारो खरिद गर्ने व्यापारी विचौलियाकाका कारण यो अवस्था आएको हो । त्यसमाथि पनि कालीमाटी फलपूmल तथा तरकारी बजारमा रहेको स्टलमा देखिएको सिण्डिकेटले त किसानहरुलाई अझ मर्कामा पारेको छ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ४, २०७५