शुक्रबार, चैत्र १६, २०८०

तरकारीबाट कमाई बढेपछि युवाहरु स्वदेशमा नै

नेपालगञ्ज, २२ मंसिर । पैसा कमाउन जागिर खानैपर्दछ या विदेश जानु पर्दछ भन्ने मान्यता तोड्दै बाँकेको भारतीय सीमानासाग जोडिएका क्षेत्रका युवाले व्यवसायिक रुपमा तरकारी खेती गरेर घर अाँगन मै लाखौं रुपैयाा कमाउन थालेका छन् ।
केही वर्ष पहिलेसम्म पैसा कमाउन विदेशतिर भाग्न खोज्ने र सीमापारीको तरकारी खाने वाँकेको हिरमिनियााका युवाले आफ्नै गाउँमा तरकारी खेती गरेर लाखौं कमाउनुका साथै भारतीय तरकारी विस्थापित समेत गरेका छन् ।
भारतीय सिमाना नजिकको हिरमिनियाका धेरै युवाले तरकारी खेतीबाट पनि विदेशको भन्दा राम्रो कमाई गर्न सकिन्छ भनने उदाहरण प्रस्तुत गर्न सफल भएका छन् । विगमा आफ्नै उपभोगका लागि मात्र जेनतेन अलिकति तरकारी खेती गर्ने गरेका यहाँका किसानले पछिल्ला केही वर्षयता बैमौसमी तरकारीबाट प्रशस्त आम्दानी गर्न थालेपछि उकपछि अर्को गर्दै युवा व्यवसायिक तरकारी खेती तर्फ आकर्षित हुन थालेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४