शनिबार, बैशाख ८, २०८१

टुटा एब्सोलुुटा न्युनिकरण कार्यक्रम सञ्चालन

काठमाडौ, जेठ । काठमाडौको तार्केश्वर नगरपालिकामा वि.स.२०७३ जेठमा पुष्टि भएको गोलभँेडाको पातखन्ने (टुटा एब्सोलुटा) नामक किराको न्युनिकरणका लागि जनचेतना कार्यक्रम सञ्चालन भएको छ । बाली संरक्षण निर्देशनालय हरिहरभवन,ललितपुर र क्याविप्लान्टवाइज कार्यक्रमद्धारा बालीविरुवाकोे स्वस्थ्यता सम्वन्धी तथा गोलभेँडाको पात खन्ने टुुटा किरा बारे जनचेतनामुलक कार्यक्रम शनिबार बाट सुरु भएको हो । बाली संरक्षण निर्देशनालय का कार्यक्रम निर्देशक अच्युत ढकालको नेतृत्वमा रहेको ११ जनाको टोलीले शनिबारदेखि काठमाडौ,भत्तपुर र ललितपुर गरि तीन जिल्लामा टुटा एब्सोलुटा न्युनिकरण गर्ने उदेश्यले उक्त जनचेतनामुलक कार्यक्रम संञ्चालन गरेको हो । साथै,उक्त कार्यक्रम आईतबार सम्पन्न गरिने समेत बाली निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, जेष्ठ १३, २०७५