शुक्रबार, चैत्र १६, २०८०

जैविक तरकारी खेतीतर्फ किसान आकर्षित

बर्दिया, ८ माघ । बार बर्दिया नगरपालिका–९ खैरेनीगाउँमा रहेको सतखुलवा होमस्टेमा पाहुना बढेपछि स्थानीय किसान जैविक खेती प्रविधिबाट तरकारी उत्पादन गर्न लागिपरेका छन् ।
सतखलुवा ताल तथा बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न होमस्टेमा बास बस्न आउने पर्यटकको संख्या दिनानुदिन बढेपछि आफ्नो उत्पादन सजिलै बिक्री हुने गरेको सतखलुवा होमस्टे आर्गानिक कृषि समूहकी अध्यक्ष विमला पाण्डेले बताए ।
अध्यक्ष पाण्डेका अनुसार केराउ, भटमास, धनियाँ, काउली, बन्दा, आलु, काँक्रो, भिन्डी, बैगन, करेला, प्याज, गोलभेँडा, गाजर, मुला, पालुङ्गो, लसुन, ब्रोकाउलीलगायत तरकारी खेती जैविक विधिबाट उत्पादन गरिँदै आएको छ ।

प्रकाशित मिति: सोमवार, माघ ८, २०७४