शुक्रबार, चैत्र १६, २०८०

जडीबुटी उत्पादनका लागि ग्रिन हाउस

दाङ, २१ साउन । दाङ्ग जिल्लामा जडीबुटी उत्पादनको सम्भावना बढ्दै गएपछि जिल्लाको पहाडी क्षेत्र अन्तर्गत रहेको बंगलाचुली गाउँपालिकाका बासिन्दा यस तर्फ आकर्षित भएका छन् । गाउँपालिका हुनु भन्दा अगाडिका गाtimurउँ विकास समितिहरु सैघा, स्युजा, काभ्रे लगायतका गाविसमा जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएको हो ।
यी तीन गाउँका करिब ४८ हजार हेक्टर जमिनमा जडीबुटी पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले बताए । “बाँझो जमिनका रूपमा रहेका ४८ हजार क्षेत्रफल जमिनमा जडीबुटी उत्पादन गर्न सकिने सम्भावना छ”, उनले भने ।
ग्रिन हाउसमा खासगरी टिम्बुर, दालचिनी लगायतका बिरुवा उत्पादन गरिनेछ । वार्षिक ५० हजार बिरुवा उत्पादन गर्ने लक्ष्यसहित ग्रिन हाउसको स्थापना गरिएको स्थानीयवासी लालबहादुर गिरीले जानकारी दिए । गिरीका अनुसार ग्रिन हाउसमा मात्रै करिब १० जनाले रोजगारी पाएका छन् भने वार्षिक रु तीन लाख सम्मको आम्दानी गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७४