शनिबार, बैशाख ८, २०८१

छ लाख ३२ हजार बिरुवा रोपियो

treePlantदाङ, २६ साउन । सामुदायिक बन उपभोक्ता महासंघले दाङ जिल्ला समितिले सामुदायिक वन दिवसको अवसर पारेर विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ । महासंघ दाङको आह्वानमा बुधबार जिल्लाभरि रहेका ५०० सामुदायिक वन समूहले वृक्षरोपण गरेका छन् ।
सामुदायिक वन दिवसको अवसरमा जिल्लाका ५२४ सामुदायिक वन समूहमा १८ प्रजातिका छ लाख ३२ हजार बिरुवा रोपिएको वन महासंघका अध्यक्ष शोभाकर सापकोटाले बताए ।
‘संघीयतामा सामुदायिक वन, स्थानीय समुदायको पहिचान’ भन्ने मूल नाराका साथ सामुदायिक वन दिवस मनाइएको हो । दाङको लमही, तुलसीपुर र घोराहीमा रहेका विभिन्न सामुदायिक वनमा वृक्षरोपण गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, साउन २६, २०७४