शुक्रबार, चैत्र १६, २०८०

च्याउखेतीमा रमाउँदै सुकुुम्बासी महिला

नेपालगञ्ज, २७ पुस । आम्दानी राम्रो हुन थालेपछि पछिल्लो समयमा बर्दियाका सुुकुम्बासी महिलाहरू च्याउ खेतीतर्फ आकर्षित भएका छन् ।
जिल्लाको बबई नगरपालिका–२ सेम्रहवा फाँटाका सुकुम्बासी महिला यतिखेर च्याउ खेतीमा जुटेका छन् । थोरै लगानीमा राम्रो कमाइ हुने भएपछि यहाँका सुकुम्बासी महिलाले घरैपच्छिे च्याउ खेती गर्न थालेका हुन् । विगतमा छिमेकमा गफ गरेर दिन बिताउने महिलाहरू अहिले च्याउ खेतीमा लागेर दिनभर सोही काममा समय बिताउन थालेका छन् । घरको कामसँगै उनीहरूले अहिले घरमै च्याउ खेती गरेर राम्रो कमाइ गरिरहेका छन् ।
पहिले बेकारमा समय बित्थ्यो । अहिले घरको कामसँगै च्याउ खेतीमा लागेपछि समयको सदुपयोगसँगै कमाइ पनि भएको छ, व्यावसायिक च्याउ खेतीमा लागेकी प्रेममोती थारूले बताइन् ।
च्याउ खेतीका लागि छुट्टै जमिन पनि नचाहिने, लगानी र मिहिनेत पनि कम लाग्ने भएकाले यो खेतीमा लागेको सुकुम्बासी महिला बताउँछन् ।
च्याउ खेती गर्न थालेपछि घर खर्चको जोहो गर्न कुनै समस्या नभएको महिलाहरूले सुनाए । १३२ डल्लामा च्याउ रोप्नु भएकी प्रेममोतीले मासिक न्यूनतम १० देखि १२ हजार रुपियाँ कमाइ हुने गरेको बताए । च्याउको कमाइले दैनिक घर खर्च चलाउन र छोराछोरीको पठनपाठनमासमेत निकै सहयोग पुगेको च्याउ खेतीमा लागेका महिलाहरूको भनाइ छ ।

प्रकाशित मिति: बिहिबार, पुस २७, २०७४