बिहिबार, चैत्र १५, २०८०

चिया व्यवसायी संघमा कार्की

भद्रपुर, २२ साउन । साना किसान झापाली चिया व्यवसायी संघको शनिबार सम्पन्न तेस्रो अधिवेशनले पूर्णकुमार कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा पृथ्वीनारायण कार्की, सचिवमा पुष्प निरौला, सहसचिवमा ज्योति पाठक र कोषाध्यक्षमा भरत विमलीलाई सर्वसम्मतरूपमा चयन गरेको हो ।
आगामी दुई वर्षे कार्यकाल रहेको समितिका सदस्यहरूमा जयदेव राजवंशी, केदार भट्टराई, भीमप्रसाद राजवंशी, श्यामसुन्दर अग्रवाल चयन हुनु भएको छ भने बाँकी चारजना सदस्य कार्यसमितिले क्षेत्रगत सन्तुलनका आधारमा मनोनयन गर्ने जनाइएको छ । नवनिर्वाचित अध्यक्ष कार्कीले अबको कार्यकाल किसानको पक्षमा न्यायोचित वातावरण बनाउन संगठन सुदृढीकरणमा जोड दिएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु गरे ।

प्रकाशित मिति: आइतवार, साउन २२, २०७४