बिहिबार, चैत्र १५, २०८०

केन्द्रीय पशु चिकित्सालयमा भ्रष्टाचारको जालो मौलाउँदै

काठमाडौं, चैत्र । नेपालको एकमात्र पशु अस्पताल केन्द्रीय पशु चिकित्सालयमा भ्रष्टाचारको जालो मौलाउँदै गईरहेको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको पशु चिकित्सालयले आधुनिक भवनमा रुपमा निर्माण भईरहँदा सो चिकित्सालयमा भने भ्रष्टाचारको जालोले जरा गाड्न थालेको छ ।

करोडौं रुपैयाँ खर्च गरेर भवन निर्माण त हुँदै छ तर भवन निर्माण सम्पन्न नहुँदै भवनका लागि भन्दै विभिन्न फर्निचरका सामग्रीहरु खरिद गर्दै रकम कुम्ल्याउने काममा कार्यालय प्रमुख डा. रामकुमार मण्डल, लेखापाल गोपालप्रसाद चौलागाई, खरिद शाखाका सृजना रायमाझी र पशु चिकित्सक खित बहादुर श्रेष्ठको मिलेमतोमा भ्रष्टाचारको जालो मौलाउन थालेको आरोप लागेको छ ।
चिकित्सालयमा एक्सरे, भिडियो एक्स रे, अल्ट्रासाउण्ड सामाग्री कार्यालयमा हुँदा हुँदै पनि विभिन्न तालिमका नाममा चर्को मूल्यमा भाडामा लिएर मिलेमतोमा बजेट झ्वाम्म पार्ने काम भईरहेको श्रोतले बताएको छ । त्यत्तिमात्र होइन अस्पतालको आफ्नै भव्य भवन एकातिर बनिरहेको छ भने अर्कोतिर भूकम्पले क्षतिग्रस्त गरेका कतिपय भत्काउनुपर्ने भवनलाई समेत मर्मत गर्ने नाममा रङ्गरोगन लगाई अनावश्यक खर्च गर्ने र ठेकेदारसँगमो मिलमतोमा सरकारी रकम दुरुपयोग गर्ने गरिएको समेत श्रोतले बताएको छ । केन्द्रीय पशु चिकित्सालयमा मौलाउँदै गएको भ्रष्टाचार रोक्नका लागि सम्वन्धित निकायको ध्यान जाला कि नजाला ?

प्रकाशित मिति: शनिबार, चैत्र २४, २०७४