शुक्रबार, बैशाख ७, २०८१

कृषि सूचनाका प्रमुख आचार्य मन्त्रालय तानिंदै

काठमाडौै, पुस  । कृषि विकास मन्त्रालय मातहतमा रहेको कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख लेखनाथ आचार्यलाई मन्त्रालयको नीति तथा वैदेशिक सहयोग समन्वय महाशाखाको सहसचिवका रुपमा सरुवा गर्न लागिएको छ । वर्तमान सरकार परिवर्तनसँगै कृषि मन्त्री रामकृष्ण यादवले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने वित्तिकै सोही महाशाखामा रहेका आचार्यलाई केन्द्रमा सरुवा गरिएको थियो ।
मन्त्रालयमा जेष्ठ सहसचिव मध्येका एक आचार्यलाई एमाले निकट भएको भन्दै अपमानजनक रुपमा केन्द्र सरुवा गरिएको थियो । अपमानजनक किसिमले सरुवा गरिएपछि आचार्यले जागिरबाट नै राजीनामा दिने तयारी गरिरहेका थिए । उनले राजीनामा दिन खोजेपछि कृषि मन्त्री यादवले त्यसो नगर्न आग्रह गरेपछि उनी लामो समय घर विदामा बसेका थिए । सरुवा भएको धेरैपछि मात्र उनलाई रमाना थमाएर केन्द्रमा हाजिर गर्न लगाएको थियो ।
विगतमा अपमानजनक रुपमा जुन महाशाखाबाट सरुवा गरिएको थियो । अव फेरि त्यही महाशाखामा ल्याउन खोजिएको छ । सो महाशाखामा सहसचिव रिक्त भएपछि उनलाई ल्याउन लागिएको हो । त्यस बेला आचार्यलाई सरुवा गरेर उनको ठाउँमा कृषि विभागका महानिर्देशक डिलाराम भण्डारीलाई ल्याइएको थियो । डिलाराम भण्डारीको केही साता अगाडि मात्र उमेर हदका कारण अवकाश भएपछि सो महाशाखामा प्रमुख पद रिक्त रहेको छ । सो पद रिक्त भएकै कारण आचार्यलाई पुन सोही ठाउँमा ल्याउन लागिएको हो । उनलाई सोही ठाउँमा ल्याउनका लागि मन्त्रालयकै कांग्रेस निकट सहसचिवले मन्त्रीसँग चाँजो पाँचो मिलाएको समेत बताइएको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस ४, २०७४