बिहिबार, चैत्र १५, २०८०

कृषि सचिव पोखरेल नै कृषि विकासको वाधक

काठमाडौं, फागुन । चालु आर्थिक वर्षमा कृक्षि क्षेत्रको जसरी विकास हुनु पर्ने थियो त्यो हुन नसक्नुमा कृषि सचिव डा. सुरोज पोख्रेल नै वाधक भएको निवर्तमान कृषि मन्त्री एवं राज्यमन्त्रीले आरोप लगाएका छन् । कृषि विकास मन्त्रालयका आफुहरु मन्त्री भएर आएदेखि नै किसानका पक्षमा विभिन्न योजनाहरु ल्याएको भएपनि त्यस्ता योजनाहरु विफल बनाउने काममा सचिव नै सक्रिय भएको आरोप उनीहरुको छ ।
कृषि विकास मन्त्रालय सम्हालेदेखि नै खडेरीको प्रकोप खेप्नु परेको, खडेरीको कार्यक्रम सार्वजनिक गरेपनि कार्यान्वयन हुन नपाउँदै तराईमा बाढीको प्रकोपमा परेका किसानहरुलाई राहत दिन खोज्दा खोज्दै पनि यो वा त्यो बहानामा कार्यक्रम विफल बनाउन सचिव नै वाधक भएको समेत बताए ।
कृषि सचिव डा पोख्रेल व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि जस्तो सुकै भूमिकामा पनि प्रस्तुत हुन सक्ने भएकाले बाढी पीडितहरुका लागि ल्याएको राहत कार्यक्रम अहिलेसम्म पनि कार्यान्वयन हुन नसकेको मन्त्रालय कै कर्मचारी बताउँछन् । किसान आयोगको सदस्य सचिवका रुपमा सचिव नै हुनु पर्ने हुँदा हुँदै पनि तात्कालिन मुख्य सचिव डा. सोमलाल सुवेदीलाई किसान आयोगको सदस्य सचिव सहसचिव नै ठिक हुने पोख्रेलले बताएका थिए ।
आफ्नो क्षेत्रमा विद्धान नै कहलिएका डा सुरोज पोख्रेललको व्यक्तिगत स्वार्थका कारण कृषि विकास मन्त्रालय मातहतमा रहेको किसान आयोगले सचिव पाउन सकेन भने उनकै सहकर्मीहरुल एउटा कृषि सचिव पद गुमाउनु परेको छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन ७, २०७४