शुक्रबार, चैत्र १६, २०८०

कृषि सचिवलाई प्रश्न, अवकाश पछि बाढीको राहत दिने ?

काठडमाडौं,  फागुन । स्थायी सरकारका रुपमा प्रशासनतन्त्रकै कारण नेपाली जनताले पाउने सुविधाबाट बञ्चित हुने गरेका छन् भन्ने कुराको पुष्टि कृषि विकास मन्त्रालयका सचिवले गरेका काम कार्वाही हेरे पुग्छ ।
बाढी पहिरो गएको ६ महिना नाघिसकेको छ । तर बाढी पीडितका लागि आएको राहत कहाँ पुग्यो मन्त्रालयले बताउन सक्ने अवस्थामा छैन । कृषि विकास मन्त्रालयले किसानहरुका लागि ल्याउने विभिन्न खालका प्याकेज केवल चर्चामा ल्याउनका लागि मात्र गरिने देखिएको छ । भूकम्प पीडितदेखि बाढी पीडितसम्मका लागि ल्याईएका राहत प्याकेज कागजमा मात्र सिमित हुन पुगेका छन् ।
यो वा त्यो नाममा किसानका पक्षमा भन्दा कृषि माफियाहरुका लागि ल्याउने प्याकेजहरुका कारण कहिल्यै पनि सफल हुन सक्ने देखिंदैन । कृषि मन्त्री रामकृष्ण यादवले ल्याएका दुई प्याकेज कार्यान्वयन नै हुन सकेन भन्दा फरक नपर्ला । मन्त्री भएर आएदेखिनै नै कृषि क्षेत्रमा देखिएका विभिन्न खाले प्रकोपल तहस नहश बनाएको यो क्षेत्रमा संलग्न किसानका लागि ल्याइएका कार्यक्रम कार्यान्वयन हुन सकेन कृषि मन्त्री यादवले मन्त्री पद छाडेर जाँदा जाँदै स्वीकारे । किनकी मन्त्री यादवले ल्याएका योजना सचिव डा सुरोज पोखरेल कै कारण कार्यान्वयन आउन सकेन ।
आफैले बाढी पीडित किसानहरुका लागि ल्याएको राहत प्याकेज कार्यान्वयन गर्न नसक्दा आफू मन्त्री भएको अवस्थामा मैले यो काम किसानका लागि गरें भन्ने सक्ने अवस्थाबाट विमूख भएर अनुहार लुकाउँदै हिड्नु पर्ने अवस्था छ ।
तराईको गएको बाढीबाट किसानहरुले खर्वौ रुपैयाँ नोक्सान व्यहोर्नु प¥यो । तर त्यही तराई बासी कृषि मन्त्री रामकृष्ण यादवले आप्mना जनताका लागि के राहत ल्याए वा पु¥याए भन्ने नै प्रमुख विषय बनेको छ । खडेरीका समयमा ल्याएको स्यालो ट्युवेल वितरण होस् वा बाढी प्रभावितहरुका लागि ल्याएको तत्कालका राहतका कार्यक्रम समेत कार्यान्वय गर्न सकेनन् मन्त्री यादवले । यसको प्रमुख दोषीका रुपमा मन्त्री यादव मात्र रहेनन् जिल्लामा काम गर्न असहज बनाउने सचिव पोख्रेल पनि उत्तिकै दोषी छन् ।
बाढी पीडितकै नाममा अवौं रुपैयाँको योजना बनाउँदा सोयल कण्डिसनर, कुकन व्याग समेत खरिद गर्ने खाद्य सुरक्षाका लागि वितरण गर्ने भनिएपछि त्यो गरिएको छैन । केही जिल्ला धनुषा, पर्सा, सप्तरी लगायतका जिल्ला कृषि विकास कार्यालय आर्थिक मिलेमतोमा सोयल कण्डिसनरका नाममा माटो र खरानी किसानलाई बाँड्दा मौन बसेका सचिव पोख्रेलले उही प्रकृतिको कार्यक्रम रोक्न निर्देशन दिंदै फाइल आफ्दै दराजमा राखेका छन् । आखिर किन दराजमा थन्कियो राहत प्योकज कार्यक्रमो फाइल ? फेरी सचिव पोख्रेललाई प्रश्न कहाँ पुग्यो बाढी पीडितहरुको राहत कार्यक्रम ? चैत्र १३ गते अनिवार्य अवकाश पाउने भएपनि सरकारले ल्याएको स्वेच्छिक अवकाशका लागि निवेदन पेश गरेका सचिवले किसानसँग प्रत्यक्ष जोडिएका कार्यक्रमका फाइलहरु थन्काएर राख्ने र विदेश भ्रमणका फाइल खुरुखुरु सदर गर्नुको कारण किसानका नेताहरुले खोजी गर्नु पर्ने भएको छ ।

प्रकाशित मिति: बुधबार, फाल्गुन ९, २०७४