शुक्रबार, बैशाख ७, २०८१

कृषि विकास मन्त्रालय लिन हानथाप ?

काठमाडौं, फागुन । केपी ओली नेतृत्वको सरकरका कृषि मन्त्री कुन पार्टीले लिने भन्न हानथाप शुरु भएको छ । विगतदेखि नै कृषि क्षेत्र राम्ररी बुझेको नेकपा एमालेले पटक पटक कृषि विकास मन्त्रालय सम्हालेको पनि छ । त्यस्तै पछिल्लो समयमा माओवादी केन्द्रले पनि कृषिको नून चाख्न पाएको छ । कृषि क्षेत्रको विकास विना मुलुको आर्थिक विकास असम्भव छ भन्ने बुझेकैले गर्दा कृषि मन्त्रालय लिनका लागि पार्टी एकताका लागि सहमति गरेको एमाले माओवादी वीच अझै भित्री चुरो एक हुन नसकेको हो । त्यसैले गर्दा पनि कृषि विकास मन्त्रालयको जिम्मेवारी लिनका लागि दुवै पक्षवीच मनमुटाव शुरु भएको देखिन्छ ।
अझ माओवादी केन्द्रका अध्यक्ष स्वयं कृषिका विद्यार्थी भएका कारण र पार्टी निकट किसान सञ्जाल एवं राष्ट्रिय किसान आयोगका अध्यक्ष समेत रहेका चित्रबहादुर श्रेष्ठले कृषि विकास मन्त्रालय कुनै पनि हातमा आफूहरुले नै लिनु पर्ने अध्यक्षलाई बताएका कारण पनि माओवादी कै हातमा कृषि विकास मन्त्रालय जान सक्ने प्रष्ट छ ।
यद्यपी एमालेका तर्फबाट पनि बलराम बाँस्कोटालाई कृषि मन्त्री बनाउने लविङ्ग चलेको भएपनि उनलाई मन्त्री बनाई हाल्ने अवस्था देखिएको छैन । मनोनित गरेर सांसद बनाएपनि मन्त्री बनाउन हुन्न भन्ने गुनासो अध्यक्ष एवं प्रधानमन्त्री ओली समक्ष एक पक्ष पुगेका कारण बाँस्कोटा कृषि मन्त्री हुँदैनन् भन्ने पक्का देखिन्छ । यसको मतलव अव कृषि विकास मन्त्रालय माओवादी केन्द्रले नै पाउने भएको छ । यद्यपी कसलाई मन्त्री बनाउने भन्ने विवाद त्यही भित्र पनि देखिएको छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १५, २०७४