शनिबार, बैशाख ८, २०८१

कृषि उत्पादनलाई निर्यातमुखि बनाउनेमा नवनियुक्त कृषि मन्त्रीको जोड

काठमाडौँ, चैत्र । केपी ओली नेतृत्वको सरकार विस्तारका क्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीका रुपमा नियुक्ति भएका मन्त्री चक्रपाणी खनालले मुलुकमा आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको बताएका छन् । कृषि विकास मन्त्रालयमा आफ्नो पदभार ग्रहण गर्दै मन्त्री खनालले मुलुकलाई आर्थिक रुपमा समृद्धि तुल्याउनका लािग आत्मनिर्भरमुखी कृषि योजना ल्याउने प्रतिवद्धता समेत जनाएका छन् ।
नेपाल कृषि प्रधान देश भए पनि कृषि क्षेत्रको समुचित विकास हुन नसक्दा कृषि उपज आयातका लागि ठूलो धनराशि विदेशिने गईरहेको समेत उनले बताए । उनले, “जैविक विविधताले भरिपूर्ण देशमा कृषिको प्रचुर सम्भावना छ, कृषि उत्पादन आत्मनिर्भरमुखि हुन नसकेन उनले बताए ।
पदभार ग्रहण गर्दै उनले विज्ञहरुसँग सुझाव लिएर राम्रो योजना निर्माण गरिने बताउँदै केही वर्षभित्र कृषि उत्पादनलाई निर्यातमुखी बनाइने प्रतिबद्धता व्यक्त समेत गरे साँझ ८ बजे पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्रीलाई कृषि विकास मन्त्रालय, पशुपन्छी विकास मन्त्रालय, सहकारी तथा गरिवी निवारण मन्त्रालय, भूमि सुधार तथा व्यवस्था मन्त्रालयका सचिव, तथा सहसचिवहरुले स्वागत गरेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत्र ३, २०७४