शुक्रबार, चैत्र १६, २०८०

किसान र गोठालाबीच झडप हुँदा दशको मृत्यु

नाइजेरिया, २१ फागुन . नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका कारण कम्तीमा दशको मृत्यु भएको छ ।
किसान र गोठालाबीच भएका झडपहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
ताराबा राज्यको माम्बीला जिल्लामा पर्ने एक गाँउमा गत बिहीबारबाट सुरु भएको झडप हप्तान्तसम्म पनि जारी रह्यो ।
नाइजेरियाका मध्य र दक्षिणी क्षेत्रमा भएका झडपहरुको अशंका रुपमा माम्बीलामा झडप भएको र यसले सरकारलाई दबाव बढाएको बताइएको छ ।
प्रदेश प्रहरीका प्रवक्ता डाभीड मिसालले भg] “किसान र गोठालाबीच माम्बीलामा भएको झडपमा परी दश जनाको मृत्यु भएको छ ।”
उgले घटनास्थलमा सुरक्षा व्यवस्था कायम राख्न सुरक्षा कारबाही बढाइएको र उच्च सतर्कता अपनााइएको पनि जानकारी दिP .
नाइजेरियाका विभिन्न ठाँउमा लामो समय देखिभूमि र पानी अधिकारका विषयमा किसान र गोठालाकाबीचमा बिवाद हुदै आएको छ ।
झडपका क्रममा थुप्रै घरहरुमा समेत क्षति पुगेको प्रहरी प्रवक्ता मिसालले जानकारी दिए. उनीहरुको आन्तरिक झगडाले उग्ररुप लिँदा यस्तो अवस्था आएको स्थानीयवासीको भनाइ छ । यस क्रममा कैयौँ चौपाया पनि मारिएका छन् ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २२, २०७४