शुक्रबार, चैत्र १६, २०८०

किसानलाई मल माग

काठमाडौँ, १८ मंसिर । किसानसंग सम्बन्धित विभिन्न महासंघले अन्नबाली र तरकारी रोप्ने समयमा रासायनिक मलको अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । महासंघले जारी गरेको विज्ञप्तिमा मुख्य हिउँदे खाद्यान्न र मौसमी तथा बेमौसमी तरकारी रोप्ने समयमा रासायनिक मल, प्रागारिक मल र गहुँ तथा तोरीको बीउको कृतिम अभाव सिर्जना गरी किसानलाई पीडा दिइएको उल्लेख छ छ । अखिल नेपाल किसान महासंघसहित, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र अखिल नेपाल प्रगतिशील किसान संघले सो संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

प्रकाशित मिति: सोमवार, मंसिर १८, २०७४