शनिबार, बैशाख ८, २०८१

किसानकोे माग एकातिर मन्त्रालयको कार्यक्रम अर्कोतिर

काठमाडौं, फागुन । निवर्तमान कृषि राज्यमन्त्री सरीता प्रसाइँले किसानहरुको माग एकातिर र कृषि विकास मन्त्रालयको योजना तथा कार्यक्रम अर्कोतिर रहेको बताएकी छिन् । कृषि विकास मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री प्रसाईँले सो कुरा बताएकी हुन् । आफू कृषि विकास मन्त्रालयका राज्यमन्त्री भएर आएको छ महिना वीचमा धेरै किसानहरुसँग अन्र्तक्रिया गर्ने क्रममा कुनै पनि किसानहरुले आफूहरुलाई राज्यको अनुदान आवश्यक नपरेको तर कृषि व्यवसाय गर्नका लािग राज्यले सहुलियत ऋण दिनु पर्ने बताएको उनले जानकारी दिईन् ।
किसानले सहुलियत ऋण मागिरहेको छ तर कृषि विकास मन्त्रालयका भने अनुदान बाँड्ने योजना तयार गरिरहेको छ यो केहो आफूले बुझ्न नसकेको उनले बताईन् । किसानको माग एक थोक छ मन्त्रालयको कार्यक्रम अर्को थोक छ अनि कसरी कृषि क्षेत्रको विकास हुन्छ उनको प्रतिप्रश्न थियो ।
हुन पनि कृषि विकास मन्त्रालयले व्यवसायिक कृषिका लागि उपलब्ध गराएको ८० प्रतिशत भन्दा बढी अनुदान दुरुपयोग भएको विभिन्न अध्ययनले नै देखाएको छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन १४, २०७४