शुक्रबार, चैत्र १६, २०८०

औषधी व्यवस्था विभागलाई पशु औषधीको ज्ञान नै छैन

risi badal

ऋषि वडाल
केन्द्रीय अध्यक्ष
पशुपन्छी औषधी व्यवसायी संघ

० सरकारले औषधी आयात गर्नका लागि प्रतिवन्ध लगाउने तयारी विरुद्धको यहाँहरुको आन्दोलन कहाँ  पुग्यो ?
स्वास्थ्य मन्त्रालय र औषधी व्यवस्था विभागले नेपाली औषधी उत्पादकहरुको सुविधा र नेपाली औषधीलाई प्रोत्साहन गर्नु पर्दछ भनेर केही विदेशी औषधीहरुमा प्रतिवन्ध लगाएको भन्ने कुरा आएको छ । त्यो कुन कुन औषधीहरु हो भन्ने कुरा पनि थाहा छैन र औषधी प्रतिवन्ध लगाउनु भन्दा अगाडि आयात कर्ताहरुसंग छलफल पनि भएको छैन । करीव करीव ४० अर्व रुपैया“को लगानी औषधी आयातमा भएको छ । अकस्मात औषधी आयातमा गरिएका प्रतिवन्धले कति आर्थिक घाटा पर्दछ भन्ने कुरा सम्वन्धित मन्त्रालय र औषधी व्यवस्थापन विभागले नबुझेका कारणले समस्या आएको छ । स्वास्थ्य मन्त्रीले निर्णय गरेर गईसकेको अवस्थामा र नया“ मन्त्री पनि नआईसकेको अवस्थामा के हुन्छ भन्ने कुरा यसै भन्न सकिन्न ।
० त्यसो भए आन्दोलन बन्द भो ?
आन्दोलन बन्द भएको छैन । आन्दोलन जारी नै छ । सम्वन्धित मन्त्री नभएको कारणले  नयाँ मन्त्री नआउञ्जेलसम्मका लागि स्थगित मात्र भएको हो ।
० औषधी आयातमा प्रतिवन्ध लगाउंदा पशुपन्छीका लागि कत्तिको प्रभाव पर्दछ ?
यदि औषधी आयातमा प्रतिवन्ध लगाउने हो भने पशुपन्छीको स्वास्थ्यमा ठूलो प्रभाव पर्दछ । पशु उपचारका लागि प्रयोग हुने औषधी पनि प्रतिवन्ध लगाइएको सुन्नमा आएको छ तर कुन र कति संख्यामा भन्ने कुरा अझै पनि आधिकारिक रुपमा आएको छैन ।
० के कारणले विदेशी औषधी आयातमा प्रतिवन्ध लगाइएको होला त?
मुख्यत ः नेपाल कै औषधी उत्पादनबाट आत्मनिर्भर बन्नु पर्दछ भन्ने सोच त हो । तर, आत्मनिर्भरका नाममा गुणस्तर प्रतिष्पर्धाको पनि ठाउं हुनु पर्दछ । नेपाल डब्लुटिओमा गईसकेको अवस्थामा एउटै कम्पनी वा यो मात्र कम्पनीको विक्री हुनु पर्दछ भन्दा पक्कै राम्रो हु“दैन होला । बजारमा प्रतिष्पर्धाको अवस्था आउनु पर्दछ । यदि मूल्य धेरै भएको हो भने सरकारले निश्चित मूल्य तोकेर सो मूल्य भन्दा बढीमा विक्री गर्नेलाई कार्वाही गर्नु प¥यो । नेपाली उद्योगहरुले उत्पादन गरेका भन्दा सस्तो र गुणस्तरीय धेरै औषधीहरु पनि त्यसकारण नेपाली औषधी मात्र प्रयोग गराउने नियतले औषधी आयातमा प्रतिवन्ध लगाएको हुन सक्छ ।
० सरकार र औषधी व्यवसायी वीच कुरा नमिलेको के मा ?
सरकारले औषधी आयातमा प्रतिवन्ध लगाउनु अगाडि सरोकारवाला निकायहरुसंग छलफल नै गरेको छैन । हामी सरकारको निर्णय मान्न तयार छौं । तर औषधी प्रतिवन्ध गराउनका लागि पनि एकै चोटी नभई क्रमश गर्न सकिन्थ्यो होला नि  । हरेक वर्ष कति वटा औषधी आयातमा प्रतिवन्ध लगाउने भन्ने किसिमले जान सकिन्थ्यो त्यो कुरामा हामी पनि राजी छौं । तर सरकारले एकतर्फी ढंगले निर्णय ग¥यो । हाम्रो ४० अर्व भन्दा बढी रकम बजारमा उधारो गईरहेको छ । हामीसंग प्रतिवन्ध लगाउन खोजिएका धेरै औषधीहरु स्टक छन् । यो जर्वजस्ती गरिएको प्रतिवन्धले नेपाली व्यवसायी डुब्न अवस्था छ ।
० यतिकुरा गरिरहँदा पशुपन्छी औषधी ऐनको कुरा पनि त आउला नि ?
विडम्वनाको कुरा छ विगत सात वर्षदेखि पशुपन्छी औषधी ऐन आउनु पर्दछ भनेर हामी लागिरहेका छौं । यो ऐन ल्याउने विषयमा नेपाल भेटेरीनरी एशोसिएन र पारा भेटेरीनरीको एउटा बुंदाका कारणले गर्दा कहिले कसले लुकाउने कहिले कसले लुकाउने काम भईरहेको छ । जव पशुपन्छी विकास मन्त्रालय स्थापना भयो त्यसपछि सार्वजनिक गरेको ४० बु“दे प्रतिवद्धताको ३ नं. मा नै यो ऐन पारित गराउने कुरा थियो । तर सफल भएको छैन । अहिले त्यो ऐन पशुपन्छी विकास मन्त्रालयमा छ तर पनि ऐन स्वीकृत गराउने काम मन्त्रालयले पनि गरिरहेको छैन । मन्त्रालयले किन गरिरहेको छैन भने औषधी कसले लेख्ने भन्ने एउटा मात्र कुरामा विवाद छ । त्यो विवाद मिलाउन सक्यो भने यो ऐन अगाडि बढ्न सक्छ । तर मन्त्रालयले नै चासो दिएको छैन ।
० पशुपन्छीका लागि औषधीको माग चाहि कति हो ?
पशुपन्छी क्षेत्रका लागि प्रयोग हुने फिड सप्लिमेण्ट, फुड सप्लिमेण्ट, औषधी सवैको कुरा गर्ने हो भने वार्षिक सात अर्वको व्यापार देखिन्छ ।
० त्यसो भए नेपालमा माग बराबरको औषधी उत्पादन गर्न सकिन्छ ?
अहिलेको अवस्थालाई हेर्नेहो भने नेपाली औषधी उद्योगले पशुपन्छीका लागि आवश्यक पर्ने औषधीहरु माग गरेको १० प्रतिशत भन्दा बढी औषधी उत्पादन गर्न सक्ने अवस्था छैन ।
० विदेशबाट औषधी आयात गर्न गरिएको प्रतिवन्ध कार्यान्वय भईदियो भने पशु औषधी अभाव सिर्जना हुने भो होइन ?
अहिले सरकारले कुन कुन औषधीहरु प्रतिवन्ध लगाउन खोजेको हो भन्ने कुराको यकिन नभएसम्म यसै भन्न सकिन्न यदि नेपालमा उत्पादन गरिएका बाहेक अरु सवै प्रतिवन्ध गर्ने हो भने बजार धान्न सक्दैन ।
० पशु औषधीमा हुन सक्ने समस्याका बारेमा मन्त्रालयसँग छलफल त भएको होला नि त ?
पक्कै पनि भईरहेको छ । अहिले पशुपन्छी विकास मन्त्रालयका सचिव यही क्षेत्रको भएका कारणले पनि धेरै कुरामा सहयोग भईरहेको छ । पशुपन्छी औषधी आयातदेखि विक्री वितरणसम्म देखा परेका समस्याहरु के के छन् त्यो समस्या समाधान गर्नु पर्दछ भन्ने किसिमले उहाँले सकारात्मक भूमिका निर्वाह गर्नु भएको छ ।
० नेपालमा पशुपन्छी औषधी व्यवसायीहरुको समस्या चाहि के हो त ?
पशुपन्छीलाई आवश्यक पर्ने फिड सप्लिमेण्ट २०५० सालदेखि नै पशु सेवा विभागले हेर्दै आईरहेको थियो । तर २०७३ मंसिरमा आएर फिड सप्लिमेण्ट पशु सेवा विभागले नहेर्ने भन्ने कार्यविधि आएको छ । यो अवस्थामा स्थिति भयावह हुन सक्छ । हाम्रो समस्या भनेको दुई किसिमको छ । हामी भनेको पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको हो तर हामीलाई नियमन गर्ने निकाय स्वास्थ्य मन्त्रालयको छ । हामीलाई नियमन गर्ने निकायलाई पशुपन्छी औषधीको ज्ञान नै छैन । अहिले भर्खरै ‘कुशको बाहुन’का रुपमा एक जना भेटेरीनरी चिकित्सक राख्नु भएको छ तर उहा“लाई अधिकार विहिन बनाएर राखिएको जस्तो लाग्छ । पशु औषधीको विषयमा औषधी व्यवस्था विभागलाई ज्ञान नभएको अवस्थामा अनुगमन गर्न आउने र व्यवसायी नहुने वित्तिकै पसल नै ताल्चा लगाइने गर्नु भएको छ । यो अत्यन्तै दुखद् कुरा हो । पशु औषधी सञ्चालन गर्ने व्यक्ति स्वयंपनि पशुको उपचारका लागि आफै खटिनु पर्दछ । यस्तो अवस्थामा उसैलाई हतोत्साह गर्ने काम भएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३१, २०७४