मङ्लबार, बैशाख ११, २०८१

क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्छु : झलनाथ

इलाम, मंसिर । मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि सभाका लागि पूर्व प्रधानमन्त्री झलनाथ खनाल बामगठवन्धनका तर्पmबाट उम्मेदवार रहेका छन् । प्रजातन्त्र प्राप्तिसँग कृषि मन्त्री समेत रहेका झलनाथ खनालले यस पटक इलामे किसानहरुको समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता प्रकट गरेका छन् ।jhalnahइलाम क्षेत्र नं. १ बाट उम्मेदार बनेका खनालले इलामका किसानहरुका धेरै नै समस्या रहेको बताएका छन् । उनले किसानहरुको समस्या समाधान गर्न आफू प्रतिवद्ध भएर लाग्ने बताउँदै ठूला कारखाना र भारतीय व्यापारीको मारमा इलामका किसानहरु परेको बताए । इलाममो जौबारीमा रहेको आलु विकास केन्द्रलाई अध्ययन र अनुसन्धान केन्द्र बनाउने, पूर्वी पशुपतिनगरमा क्वारेन्टाइन चेकपोष्ट स्थापनामा सरकारी स्तरबाट पहल गर्ने खनालले प्रतिवद्धता जनाएका छन् । साथै “क्वारेन्टाइन चेकपोष्ट स्थापना भयो भने इलामको उत्पादन झापा लैजानु नपर्ने र सोझै भारत निकासी गर्न सकिने भएकाले यसबाट किसानहरुलाई धेरै नै फाइदा पुग्ने भएकाले आफूले त्यस तर्फ योजना अगाडि बढाएको समेत उनले बताए

प्रकाशित मिति: सोमवार, मंसिर १८, २०७४