बिहिबार, चैत्र १५, २०८०

आयोजना प्रदेशको समन्वयमा केन्द्रीय सरकारको नियन्त्रणमा चल्छ


कौशल पौडेल
आयोजना निर्देशक
किसानका लागि उन्नत बीउ विजन कार्यक्रम

० मुलुक संघीय संरचनामा गईसकेको अवस्थामा किसानका लागि उन्नत वीउ विजन कार्यक्रम कसरी अगाडि बढ्छ ?
किसानका लागि उन्नत बीउ विजन कार्यक्रम आफ्नो उद्देश्य अनुरुप स्थानीय निकासँग समन्वय गरि अगाडि बढछ । यस कार्यक्रमले खास गरि खाद्यान्न तथा तरकारी बीउ र पशु नश्लको औपचारिक विकास गर्दै कृषिको ब्यावसायिकरणमा जोड दिन्छ । हालको संघीय संरचना अनुसार यस कार्यक्रमको कार्यक्षेत्र ५ र ६ नं प्रदेशका ७ जिल्लाहरु (सल्यान, रोल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, पश्चिम रुकुम र पूर्वी रुकुम) मा पर्दछ । कार्यक्रमले ७ जिल्लामा ५ सय भन्दा बढि समूह, सहकारी तथा कृषि उद्यमीहरुसँग करिब १ अरब ३९ करोड भन्दा बढिका उप आयोजनाहरु संचालनका लागि संझौता गरेको छ । जसमध्ये करिब ६३ करोड रुपैया प्रतिस्पर्धी अनुदानको रुपमा कार्य सम्पादन गरे पश्चात आयोजनाले उपलब्ध गराइने ब्यवस्था छ । हाल कार्यक्रमले जिल्ला समन्वय समति लगायत सबै स्थानीय निकायहरुलाई कार्यक्रमको उद्देश्य सहित उपआयोजनाहरुको कार्यन्वयन अवस्था सहित सम्पूर्ण विवरणहरु उपलब्ध गराउदै आएको छ । उप आयोजनाहरुको विकाससँगै कार्यक्रमले स्थानीय निकाय तथा जनशक्तिको क्षमता विकासका कार्यक्रमहरु संचालन गर्दै आएको छ । हाल जिल्लास्तरमा विकास गरिएका कृषि तथा पशु सेवा केन्द्र, कार्यालयभवन तथा निर्माणाधिन कलेक्सन सेन्टरहरु लाई सम्बन्धित कार्यालयको समन्वयमा स्थानीय निकायलाई हस्तान्तरण गर्दै जाने ब्यवस्था मिलाईएको छ । तसर्थ हालको संघीय संरचना सँगै आवध्दता कायम गर्दै कार्यक्रम लक्ष्य अनुसार कार्यक्रम अगाडि बढछ ।
० आयोजना अव केन्द्रिय सरकारको मातहतको नियन्त्रण हुन्छ कि प्रदेश सरकोको को नियन्त्रण र निर्देशनमा चल्छ ?
आयोजना प्रदेश सरकार तथा स्थानीय निकायहरुसँग समन्वय गर्दै केन्द्रिय सरकारको मातहतको नियन्त्रणमा चल्छ । विकास सहयोगी संस्था क्ष्ँब्म् सँगको सम्झौता अनुसार यो आयोजनाको अवधि डिसेम्बर २०१९ सम्म रहेको छ । यसरी बाँकी २२ महिनाको अवधिमा करिब १८ महिनाको अवधिमा सम्पूर्ण अनुदान प्रवाह लगायतका कार्यहरु सम्पादन गरिसक्नु पर्ने अवस्था छ । तसर्थ आयोजनाले स्थानीय निकाय सँग राम्रो समन्वय गरि कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने रणनिती तय गरि सकेको छ । हाल निर्माणधिन सेवा केन्द्र तथा कलेक्सन सेन्टरहरु सम्बन्धित स्थानीय निकायहरुले उपलब्ध गराएको जमीनमा निर्माण भईरहका छन र उक्त निर्माणकार्यहरुको रेखदेख तथा अनुगमन गर्ने कार्यमा समेत स्थानीय निकाय तथा पदाधिकारीहरुको सहभागिता हुन थालको छ ।
० किसानका लागि उन्नत बीउ विजन कार्यक्रमले लामो सयम भयो प्रभावकारी हुन सकेन भन्ने आरोप छ नि ?
यो आयोजना करिब सात बर्ष अवधिको हो । हाल पाँचौ बर्षमा संचालित भईरहेको छ । आयोजनाले सम्पादन गर्नु पर्ने करिब ६५ प्रतिशत भौतिक प्रगति हासिल गर्दै प्रभावकारी रुपमा अगाडि बढिरहेको छ । सात जिल्लाका करिब ६० हजार भन्दा बढि परिवारलाई विभिन्न कार्यक्रम मार्फत प्रत्यक्षरुपमा समेटदै खाद्यान्न तथा तरकारी को बीउ उत्पादन, साना पशुपालक कृषकहरुको पशुनश्ल विकास गर्दै मासु र डेरी ब्यवसायको विकास प्रत्यक्ष अनुभव गर्न सकिन्छ । औपचारिक बीउ क्षेत्रको आवश्यकता, बीउको गुणस्तर र महत्वको विकास भएको छ । नेपालमा पहिलो पटक समुदायबाट बोयर बाख्रा विकासको प्रजनन केन्द्रहरुको संचालन भईरहेको छ । उत्पादक र कम्पनी, ब्यापारीहरु बीच द्यगथ(द्यबअप सम्झौता गर्ने कार्यको विकास भएको छ । करिब ३ हजार मेट्रिक टनभन्दा बढि यथार्थ संकेत पत्र लागेको बीउको उत्पादन तथा वितरण भएको छ । हाल दैनिक रुपमा करिब १३ हजार लिटर दुधको उत्पादन हुने गरेको र करिब ४हजार १ सय लि.प्रति दिन औपचारिक रुपमा बिक्रि वितरण भईरहेको छ । त्यस्तै आयोजनाले सहयोग गरेका उप आयोजना मार्फत उत्पादित खसि बोकाको जिल्लामा अवस्थित फ्रेसहाउस बाट मासिक करिब २८ हजार केजी स्वस्थकर मासू उत्पादन तथा बिक्रि वितरण भई रहको छ । जिल्ला लगायत अन्य निकायहरुको भौतिक संरचनाहरुको विकास भएको छ । आयोजनाले साझेदार संस्थाहरु हिफर, कृषि उद्यम केन्द्र तथा साना किसान बैक तथा केन्द्रिय सहकारीसँगको साझेदारीमा सहकारी विकास, उत्पादक र ब्यापारी बिचको सहकार्य तथा साना किसानहरुलाइ सरल क्रृण प्रवाह गरि दिगो कृषिको विकास गर्दै जाने भएकोले यस आयोजनका कार्यक्रमहरु प्रभावकरी रुपमा अगाडि बढिरहेका छन ।
० आयोजनाले स्थानीय तहमा बसेर काम गरिरहेको छ । कृषि धेरै अधिकार स्थानीय तहलाई नै सुम्पिसकेको अवस्था पनि छ तर आयोजनालाई मात्र केन्द्रिय सरकार मातहतमा राख्दा कार्यक्रम सञ्चालनमा चुनौती आउँदैन ?
आउदैन । दुईवटा प्रदेश र ७ वटा जिल्लामा कार्यत्रम संचालन भईरहेको अवस्थामा यस आयोजनाको संचालन केन्द्रबाटै हुदा कार्यान्वयनमा सहजता हुन्छ । जहाँसम्म कार्यक्रम सम्पादनको कुरा छ यस आयोजनाले पहिला पनि जिल्लास्थित निकायहरु सँग समन्वय गरि कार्य संचालन गर्दै आएको हो र यस्को कार्यसंचालन प्रणाली अनुसार नै हालको नयाँ स्थानीय निकायसँग समन्वय गरि कार्य संचालन गर्न कुनै कठिनाई हुदैन । हालको स्थानीय सरकारको अधिकारका कारण आयोजनाबाट संचालन भईरहेका उप आयोजनाहरुको कार्यचुस्ततामा अझै बृध्दि हुने आयोजनाले अपेक्षा गरेको छ ।
० अव किसानका लागि उन्नत बीउ विजन कार्यक्रम कसरी अगाडि बढ्ला त?
केन्द्रिय सरकारको निर्देशनमा स्थानीय निकायसँग समन्वय गरि अगाडि बढछ । हाल समन्वयका साथ अगाडि बढिरहेको छ । स्थानीयस्तरमा विकास भएका संरचनाहरुलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाईएको छ । यी कार्यक्रमहरुमा स्थानीय निकायहरुको उत्साहपूर्वक सहभागिता पाईएको छ । स्थानीय निकायमा संचालित उप आयोजनाहरुको रेखदेख तथा अनुगमनमा समेत स्थानीय निकायको सहभागिता बढाईनेछ ।
० आयोजना जुन उदेश्यले शुरुवात गरिएको थियो सो उदेश्यक पूर्ण रुपमा प्राप्ति हुन्छ ? या अन्य आयोजनाकै हालतमा सकिन्छ ? सत्य बताईदिनुस् त ?
आयोजनाले उद्देश्य अनुरुपका लक्ष्यहरु हासिल गर्नेछ । आयोजनाले सम्पादन गरेका कार्यहरुलाइ दिगो बनाउन साझेदार संस्था तथा स्थानीय निकायहरुसँग समन्वय गरि उत्पादन तथा बजारीकरणका माध्यमहरुलाई प्रभावकारी बनाउदै लगिएको छ । दिगा औपचारिक बिउको विकास तथा विस्तारका लागि क्षेत्रिय स्तरका बीउ परिक्षण ल्याबहरु र बीउ उत्पादन तथा बजारीकरणमा संलग्न बीउ कम्पनीहरुसँग सम्झौता गरी उत्पादन गर्ने ब्यवस्था मिलाईनेछ । त्यसै गरि मासु र दुधको बजारीकरणका लागि मासु उत्पादक तथा वितरकहरु र ठूला डेरी कम्पनीहरु सँग द्यगथदबअप गर्ने प्रणालीको विकास गरिदै लगिने छ । साना किसानहरुले साना किसान बैक, सहकारी मार्फत सरल क्रृण प्राप्त गर्ने ब्यवस्था मिलाईने छ तसर्थ आयोजनको कार्य आयोजना पछि पनि दिगो रुपमा संचालन हुने अपेक्षा गर्न सकिन्छ । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, फाल्गुन २१, २०७४