शुक्रबार, चैत्र १६, २०८०

अलैँचीले बजार नपाउँदा दोलखाका किसान चिन्तित

दोलखा,४ पुस । यहाँ उत्पादित अलैँची एवं बिरुवाले बजार नपाउँदा दोलखाली किसान निराश हुन थालेका छन् । गत वर्ष अलैँचीमा राम्रो मूल्य पाएका किसान यस वर्ष कम मूल्यमा पनि बिक्री नहुँदा निराश हुनुपरेको वैत्यश्वर–२, मिर्गे जैनालुका राजकुमार तामाङले बताए ।
परार अलैँची बिक्रीमा केही कमी आएकाले गत साल पनि राम्रो बिक्री भएन, अलैँची खेतीबाट वार्षिक करिब दस लाख रुपियाँ आम्दानी गर्न थाल्नुभएका उनले भने , प्रतिकिलो २५ सयमा बिक्री भएको अलैँची गत साल एक हजारमा पनि बिक्री हुन सकेन । यसपालि छ सयमा पनि बिक्री नहुँदा अहिले दुई तीन वर्षकै उत्पादित अलँैची र बिरुवा थन्किएर बसेको छ । उत्पादित अलैँची नबिक्दा असर बिरुवामा पनि परेको छ । किसान तामाङले अलँैची खेतीबाट वार्षिक करिब दस लाख रुपियाँ आम्दानी गर्न थालेका छन् ।
गत वर्षदेखि सुरु गरेको यो खेतीबाट बर्सेनि वृद्धि हुँदै अहिले अलैँची र बिरुवा गरी छ लाख ८५ हजार आम्दानी गरिसक्नुभएको छ भने अब दस लाख आम्दानी हुने उनले बताए ।अहिले उत्पादन दोब्बर बढेको छ तर भाउ नहुँदा आम्दानी खुम्चिन पुगेको छ ।
पहिलो वर्षमै दुई लाख रुपियाँ आम्दानी भएपछि व्यावसायिक बन्दै जाँदा आम्दानी बढ्न थालेको हो ।उनका अनुसार १३ लाखमा तयार बिरुवामा अहिले पाँच लाख बिरुवा बाँकी छन् । प्रतिबिरुवा आठ रुपियाँमा बिक्री हुने गरेको अहिले तीन रुपियाँमा पनि बिक्री भएको छैन । चार सय किलो अलैँची उत्पादन भएको छ । प्रतिकिलो बाह्र सयमा बिक्री हुने गरेकोमा अहिले छ सय रुपियाँमा पनि बिकेन । उहाँले आफ्नो ४५ रोपनी जग्गामा अलैँची खेती गर्दै आएकोमा प्रतिरोपनी एक हजारले ५० रोपनी भाडामा लिएर खेती गरेका हुन् । अझ सय रोपनी जग्गा भाडामा लिएर खेती गर्ने सोंच रहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति: मङ्लबार, पुस ४, २०७४