बिहिबार, चैत्र १५, २०८०

अरुको लहलहैमा लागेर पशुपालन गर्दा घाटा हुन्छ

 


डा.नम्रता सिंह
प्रमुख
राष्ट्रिय चरन तथा पशु आहारा केन्द्र

० अहिले नेपालको चरन तथा पशु आहारको अवस्था कस्तो छ ?

पशुपालनको लागि चाहिने मुख्य चार वटा खम्बा मध्ये पशुृ आहारा पनि एक हो । जुन पशुपालनको लागि महत्वपूर्ण छ । तर अहिले पशु आहारका लागि धेरैले दाना नै प्रयोग गर्ने गरेको पाइन्छ । दानाले मात्र पशु आहारका लागि उचित हुँदैन । यसको लागि हामीले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छौ । सकेसम्म पशुबस्तुहरुलाई घाँस नै प्रयोग गरौं भन्ने भनाई हो । जसले गर्दा किसानलाई दाना किनेर पशु आहारका प्रयोग गर्दा भन्दा निकै सस्तो पर्दछ । पशुपन्छी विकास मन्त्रालयको प्रतिवद्धता अनुसार पनि पशुपालन व्यवसायमा लागत मूल्य कसरी भन्ने नै हो ।
० पशु आहारका लागि दाना नै प्रमुख होइन त्यसो भए कसरी सम्वोधन गर्ने त ?
त्यसका लागि पनि घाँस खेतीलाई प्रोत्साहन गदै लैजाने र उत्पादन लागत घटाउनु पर्दछ भन्ने हो । चरनको समस्यालाई सम्वोधन गर्नका लागि पनि हामीले फोरेज मिसन कार्यक्रम एआई मिसन लागू भएका जिल्लाहरुमा एआई मिसनबाट जन्मिएका बाच्छाबाच्छीको आहारका लागि कार्यक्रम नै लगेका छौं । जस्तो घाँस उत्पादनका लागि घाँसको बीउको वितरण पनि गरिरहेका छौं । त्यसका लागि करारखेती गराईरहेका छौं । ती खेतीबाट वीउ उत्पादन गराउने र उत्पादन पश्चात हामीले खरिद गर्ने पनि गरेका छौं र किसानलाई उपलब्ध गराउँदै आईरहेका छौं । बहुबर्षिय घाँसहरु, हिउँले घाँस, बर्षे घाँसको बीए उत्पादन गराउने काम मार्फत चरन तथा पशु आहार कार्यक्रमलाई सक्रिय बनाएका छौं ।

० नेपालमा अहिले घाँसको अभावलाई दोष लगाउँदै पशुपालन ब्यवसाय घटदै गईरहेको छ भन्छन् कारण के हो ?
अहिले नेपालमा घाँसको उत्पादन घटेको छैन । तर जति हुनुपर्ने त्यति उत्पादन हुन सकेको भने छैन । चरत तथा पशु आहार कार्यक्रमबाट फरेज मिसन लागू हुनु भन्दा पहिले ९ हजार हेक्टर क्षेत्रफलमा मात्र घाँस उत्पादन हुन्थ्यो भने अहिले ३८ हजार हेक्टर पुगिसकेको छ । हामीले त्यसलाई ४५ हजार पु¥याउने लक्ष्य राखेका छौं । यसलाई अझ बढाउन पनि सकिन्छ । हामीसँग कृषि योग्य जमीन प्रशस्त छ । जहाँ हामीले कृषि खेती गरेका छ्र्रैनौ खेतीका लागि योग्य नभएका भीर पाखा, पहाड, सडकका छेउमा डाले घाँस लगाएर पनि पशु आहारका लागि लागत कम गर्न सक्छौं । फोरेज मिसनको यो अन्तिम वर्ष भएका कारण यसलाई कसरी बूहत रुपमा राम्रो गर्न सकिन्छ किसानको माग अनुसार कसरी लैजान सक्छौ भन्नेमा हामी लागि परेका छौं । घाँस कै अभावले पशुपालन व्यवसाय घट्दै गईरहेको छ भन्ने कुरा होइन ।
० नेपालमा पटक पटक घाँसको वीउको अभाबको चर्चा आउने गरेको छ किन ?
फोरेज मिसन अन्र्तगत करार खेती कार्यक्रम सञ्चालनमा छ । जुन वीउ उत्पादन गरेर ठूलाठूला किसानहरु कम्तिमा २ हेक्टरदेखि २५ हेक्टर सम्म उत्पादनका लागि हामीले करार खेती गरे उहाँहरुलाई बीउ उत्पादन गर्ने र त्यो हामीले वितरण गर्ने काम पनि गरिरहेको छौं तर त्यसले हामीलाई पुगिरहेको छैन । त्यसलाई अब कसरी लैजाने भन्ने कुरा छ । बीउ प्रमाणिकरणको कुरा पनि छ । गुणस्तरको कुरा पनि सम्वोधन गर्नुपर्ने हुन्छ । अहिलेको स्थितिमा त्यस तर्फ सोच्नु पर्ने बेला भएको छ । त्यो सँग बीउ भण्डारणको कुरालाई पनि भुल्न हुँदैन । बीउ भण्डारण कहाँ गर्ने भन्ने कुरा पनि निकै चुनौति पूर्ण रहेको छ । कसरी बीउ अभाव कम गर्न सकिन्छ, के गर्दा पशु आहारका लागि सहज बनाउन सकिन्छ भन्नेमा हामीहरु सक्रिय भएर लागि रहेका छौं ।
० किसानले के के गर्दा पशु आहारा अर्थात घाँसको अभाबलाई पूर्ति गर्न सकिन्छ ?
त्यसका लागि हरेक किसानले नै सोच बनाउनु पर्दछ । चार पाँचवटा पशुपालन भनेको साधारण नै भयो । व्यवसायिक रुपमा नै पशुपालन गर्ने सोच बनाउनु पर्दछ । यदि बाख्रा पाल्छु भन्ने हो भने १ सयदेखि माथि माथि नै पाल्छु भन्ने सो बनाउनु पर्दछ । गाइ भैसी पाल्ने हो भने पनि २० भन्दा माथि नै गर्दछु भन्नु पर्दछ ।
० समस्या नै पशुपालनका लागि पशु आहारको हो , दानाबाट लागत मूल्य बढ्यो चरनको अभाव छ भन्ने गुनासो किसानको छ नि त ?
दाना ख्वाएर मात्र पशुपालन गर्दछु भन्ने सोचले नै लागत मूल्य बृद्धि हुँदै गएको हो । पशुपालन गर्नका लागि फार्म सञ्चालन गर्नु भन्दा पहिले जिल्ला पशु सेवा कार्यालय, सेवा केन्द्र प्राविधिकहरुसँग सरसल्लाह लिने हो भने सहज पनि हुन्छ । फार्म सञ्चालन गर्नु भन्दा अगाडि घाँस खेती कहाँ गर्ने, पूर्व तयारी गर्नु आवश्यक छ । जग्गा आफ्नै हो कि भाडामा लिने हो कि कुन कुन ठाउँमा घाँस लगाउन सकिन्छ भन्ने कुरा विचार नगरी पशुपालन मात्र गर्न खोजेर हुँदैन । पशुपालनका लागि हामीले डाले घाँस लगाउन सक्छौं । पशु आहारका लागि व्यवस्थापन कसरी गर्ने भन्ने कुरा पनि छ । कस्तो आहार ख्वाउने भन्ने कुरा त्यसका लागि लगानी कति गर्ने भन्ने कुरालाई ख्याल गर्ने हो भने बाहिर देखे जस्तो समस्या आउँछ जस्तो मलाई लाग्दैन । कुनै पनि काम गर्नु अगाडि सोच विचार गरेर अगाडि बढ्ने हो अरुको लहै लहैमा लागेर व्यवसाियक रुपमा पशुपालन गर्न गाह्रो छ । पशुपालन व्यवसायमा लागत मूल्य कम र उत्पादन धेरै लिन सक्नु पर्दछ । अरुको लहलहैमा लाग्दा घाटा धेरै नै व्यहोर्नु पर्ने हुन सक्छ । – धिरेन्द्र बस्नेत

प्रकाशित मिति: मङ्लबार, माघ २३, २०७४