शनिबार, बैशाख ८, २०८१

अदुवाले बजार पाएन

पाल्पा, २९ मंसिर । अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्तामा परेका छन् । गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा यसवर्ष बजारमा बिक्री नहँुदा साँझबिहानको गुजार चलाउन समस्या भएको छ ।
गल्धाका अगुवा कृषक तेजन सुनारी वर्षेनी चार सय धार्नीसम्म अदुवा उत्पादन गर्दछन् । अदुवाबाट उनको घरखर्च राम्रोसँग चलेको थियो । तर दुई वर्षयता अदुवा बिक्री नहुँदा उनी निकै समस्यामा परेका छन्
उनी भन्छन्, “गतवर्ष पनि अदुवा बिक्री भएन सुठो बनाएर राखे, त्यो पनि बिक्री भएन, अहिलेसम्म त्यत्तिकै छ ।” उनले तीन सय धार्नीभन्दा बढी अदुवा उत्पादन गरेका छन् । तर अहिलेसम्म बिक्री भएको छैन । व्यापारिले रु २० रुपैयाँ धार्नीमा दिँदा पनि लिन नमानेपछि उत्पादन भएको अदुवा कुहेर जाने चिन्ता बढेको सुनारी बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४